बनाई प्रियसी टिपेथ्यौ जुनलाई तिमी

राजी भएथ्यौ जान हनिमुनलाई तिमी

अलौकिक यो शक्ति अनौठो प्रेमसङ्ग
नदाँज भैगो हीरामोती सुनलाई तिमी

प्रेमको बगैचा भरी फुल्नलाई यहाँ
मान्नु पर्छ हृदयको कानूनलाई तिमी

आधा अङ्ग सङ्गै आज मन साटिएको
सम्झ एकफेर प्रेमको गुनलाई तिमी

आउ डुबौँ प्रेम रसमा बनी एक प्राण
मदहोसी भै सुन मनको धुनलाई तिमी