काठमाडौंँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईका जिल्लाहरूमा जोडो मौसममा हुने शीत लहरको समस्या र त्यसको प्रभावबाट बचाउन निर्देशन दिएका छन् ।शनिवार यस विषयमा उच्च अधिकारहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।

kp-oliप्रधानमन्त्रीले सम्भावित शीत लहरबाट सर्वसाधारणलाई जोगाउन उच्च जोखिममा रहेका नागरिकको तथ्याङ्क लिने र प्रशासनिक एव सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज ,सङ्घ संस्था सबैको सहयोगमा प्रभावित जनतामा आवश्यकताअनुसार न्यानो कपडा ,औषधी, स्वास्थ्यकर्मी दाउराको व्यवस्थापन गर्न निर्देशन दिए । प्रम ओलीले सरकारका सबै निकायहरु उच्च शतर्कता अपनाउने सम्वन्धमा समेत निर्देशन एका छन् ।