काठमाडौं, ३ मंसिर । आज हरिवोधनी एकादशी । असार शुक्ल एकादशीका दिन जलशयनीमा रहेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुने दिनका रूपमा सोमवार सखरखन्ड र पिँडालु खाएर हरिवोधनी एकादशी मनाइँदैछ ।
असार शुक्ल एकादशीका दिन हरिशयनी एकादशी भनी तुलसीको बोट रोप्ने परम्परा छ । तुलसीलाई विष्णुको प्रतिक मानिन्छ । सोमवारबाट चतुर्मास समापन हुने भएकोले विवाह व्रतवन्ध उपनयन देवप्रतिष्ठा लगायतका कार्य गर्न शास्त्रले अनुमति दिएको छ ।











