सल्यान, २ मंसिर । सल्यानमा सांसद तथा स्थानीय तहका जनप्रतिनिधीहरुले मोटरबाटो खनेर श्रम गरेका छन् । पछिल्लो समय मोटरबाटो निर्माण गर्नका लागि डोजरको बढी प्रयोग भइरहेको भन्दै त्यसलाई कम गरी समुदायकै सहभागीतामा विकास कार्य अघि बढाउन श्रम गरेका हुन् ।

IMG_3144प्रतिनिधीसभाका सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन लगायतका जनप्रतिनिधीहरुले शनिबार कपुरकोट सिमलकुना हुँदै दाङ जोड्ने मोटरबाटो खने ।

त्यस अवसरमा आयोजित कार्यक्रममा सांसद् बस्नेतले कुनै पनि विकासमा जनता जोडिएनन् भने दिगो नहुने बताए । ‘जवसम्म विकासमा जनताले पसिना बगाउँदैनन् तव सम्म त्यो विकास आफ्नो हुँदैन,’ उनले भने । डोजर तथा मेसिनको प्रयोगबाट काम छिटो, कम लागतमा हुने भएपनि त्यो विकास मजदुरसंग नजोडिने बताए ।

केन्द्र सरकारको पूर्वाधार विकास अन्तर्गत कपुरकोट २ को सिमलकुना हुँदै दाङ जोड्ने सडकमा यो वर्ष ३० लाख रुपैयाँ विनियोजन भएको छ । गत वर्ष कपुरकोट गाउँपालिकाले २९ लाखको लागतमा ट्रयाक खोलेर १ हजार ७ सय मिटर बाटो निर्माण गरिसकेको छ । र यो वर्ष केन्द्रीय सरकोरको ३० लाख तथा गाउँपालिकाको ५ लाख गरी ३५ लाखको बजेटमा स्थानीय उपभोक्ताहरुले नै बाटो निर्माण गर्ने छन् ।