इन्द्रेणी संवाददाता
तुलसीपुर, १ मंसिर । तुलसीपुर कर समृद्ध नेपाल, सुखी नेपालीको भर भन्ने मूल नाराका सात सातौ कर सप्ताह शुरु भएको छ । शनिबारदेखि शुरु भएको कर सप्ताह मंसिर ७ गते शुक्रबारसम्म चल्ने छ ।
यसैबीच कर सप्ताहको पहिलो दिन शनिबार आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले सचेतनामूलक ¥याली निकालेको छ । कार्यालयबाट निकालेको ¥यालीले बजारपरिक्रमा गरी पुनः कार्यालयमै पुगेर समापन गरिएको प्रमुख कर अधिकृत लिलाराम शर्माले बताए ।
कर तिरौ गर्व गरौं, सुखी नेपाली, समृद्ध नेपाल निर्माण गरौं, जागरुक उपभोक्ता ईमान्दार करदाता, समुन्नत नेपाल को कुसल निर्माता, राजश्वमा बृद्धि संघीय राज्यको समृद्धिलगायतका नाराहरु समेटिएका प्लेकार्ड लिएर बजारपरिक्रमा गरिएको थियो । ¥यालीमा यस क्षेत्रका उद्योगी–व्यवसायी, सरकारी कार्यालयका कर्मचारी, निजी तथा आवसीय विद्यालयका शिक्षक–विद्यार्थीलगायतको सहभागी थिए ।
