दाङ, १ मंसिर । लेखक तथा पत्रकार सविन प्रियासनको लक्किचार्म उपन्यास मंसिरको दोस्रो साता प्रकाशन हुने भएको छ ।
काठमाण्डौ स्थित ब्रदर बुक्सले बजारमा ल्याउन थालेको लक्कीचार्म उपन्यास मंसिरको दोस्रो साता प्रकाशन हुने लेखक सविन प्रियासनले बताउनुभयो । सामाजिक तथा प्रेमको सन्दर्भमा लेखिएको उपन्यास यस अगाडीको पल्लवी उपन्यासको दोस्रो भाग हो ।
आधा दर्जन उपन्यासका किताबहरु नेपाली साहित्यलाई दिई दिएका प्रियासनको यस अगाडी रोदन पछिको, पुनरागमन, सहनशिला, पल्लवी, सेल्फी लगाएतका किताबहरु प्रकाशनमा छन् ।
एक पछि अर्को उपन्यास बजारमा ल्याउनु भएका सविन प्रियासनले सामाजिक, मनोबैज्ञानिक विषयहरुलाई प्रेमसंग जोडेर उपन्यास लेख्दै आएका छन् ।
