सल्यान, २० असार
जिल्ला अस्पताल सल्यानमा एआरटी सेवा सञ्चालनमा आएको छ । जिल्लामा सेवा नहँुदा जिल्ला बाहिर गएर औषधि ल्याउन बाध्य भएका विरामीहरु जिल्लाबाटै सेवा पाएपछि खुसी भएका छन् । hhh

जिल्लामा एआरटी सेवा नहुँदा एचआइभी पीडितहरु दाङ, नेपागञ्ज जान बाध्य थिए । अहिले राष्ट्रिय एड्स तथा यौनरोग निवारण महाशाखाले औषधी सहयोग गरेपछि संक्रमितले नियमित सेवा पाएका हुन ।

जिल्लामा एआरटी सेवा आएपछि सजिलो भएको शारदा प्लस संस्थाका अध्यक्ष होताराम विष्टले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय सल्यानका अनुसार जिल्लामा हाल ३३ जना एचआइभी संक्रमित रहेका छन् ।।