रुकुम, २८ कार्तिक । रुकुम (पश्चिम) चौरजहारी नगरपालिका वडा नं. ६ खागलका युवाहरुले तिहारमा भैलो रकमबाट स्टेचर किन्ने निर्णय गरेका छन् । तिहारको समयमा खेलिएको भैलोबाट संकलन भएको रकमले बिरामी बोक्नलाई सहज होस भनी स्टेचर किन्ने निर्णय गरेको हो ।
भैलोबाट संकलन भएको रकम भोज भतेर गरेर सक्नुभन्दा पनि सामाजिक काममा लगाउदा समाजलाई परिबर्तन गर्न सकिने भन्दै उक्त रकमले बिरामी बोक्नलाई स्टेचर किन्ने निर्णय गरेको भैलो ब्यबस्थापक दीपक बोहराले जानकारी दिए । बिरामीलाई गाउँबाट बोकेर तीन घण्टा टाढा रहेको अस्पतालमा लैजानुपर्ने भएपनि बोक्ने स्टेचर नहुँदा समस्या भएको भन्दै भैलो रकमलाई सामाजिक काममा लगाएको उनले बताए ।
उनका अनुसार भैलोबाट संकलन भएको ३१ हजार एक सय ३५ रपैयाँले एउटा स्टेचर र दुई वटा विवहा पार्टीमा आबश्यक पर्ने सामग्री किन्ने निर्णय गरेको हो । साथै सोही सामाग्री क्लब दर्ता गरि क्लबमार्फत परिचालन गर्ने समेत निर्णय गरेको उनले बताए ।
