काठमाडौं, २७ कार्तिक। आज छठ पर्व हर्षोल्लासका साथ मनाइदैछ । अस्ताउँदो सूर्यलाई अघ्र्य दिई सुरू हुने छठ पर्वका लागि राजधानीका आठ स्थानमा विशेष व्यवस्था गरिएको छ ।
बुधबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुन्छ । विगत वर्षझैँ यो वर्ष पनि तराई र काठमाडौँमा समेत हर्षोल्लासका साथ यो पर्व मनाइने तयारी गरिएको हो ।
राजधानीको गुहेँश्वरी, गौरीघाट, बालाजुको माछापोखरी, सानो गौचरणको गहना पोखरी, कालिमाटी, ललितपुरको कुपण्डोल, नख्खु दोबाटो गरी आठ स्थानमा यो पर्व मनाउनका तयारी गरिएको छ ।
आयोजित छठ समारोहमा दुई ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता हुने भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले राजधानीको गुहेँश्वरी र कमलपोखरीमा आयोजित छठ पूजा समारोहमा राष्ट्रपति भण्डारीको सहभागिता हुने छन् ।
