कावासोती, २६ कार्तिक । दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान दुर्घटना हुँदा २५ घाइते भएका छन् ।

accdentबस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइते भएका हुन् । प्रहरीका अनुसार विहान २ बजेतिर भएकावस दुर्घ टनामा परी घाइते भएका मध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ ।

दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका–१ बस्ने एक वर्षीय बालक यनुष विक र तुलसीपुर बस्ने २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १० जनाको अवस्था मध्यम र १२ को अवस्था सामान्य रहेको छ। घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।