काठमाडौं, १८ कार्तिक । शुभकार्य, चाडपर्वका बेला प्रयोग हुने फूलमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन । नेपाल फ्लोरिकल्चर एसोसिएशनका अनुसार वार्षिक रूपमा नेपालले करोडौं मूल्यको फूल आयात गर्दै आएको छ ।
पछिल्लो तथ्याङ्कले त्यस्तो आयात घट्दै गएको देखाएको छ । गत आर्थिक वर्षमा मात्रै ११ करोडको फूल आयात भएको देखिन्छ । फूलमा नेपाल आत्मनिर्भर बन्न नसक्दा भारत, थाइल्याण्ड, फ्रान्स, बेलायत, जापान, नामिबिया, इटालीलगायत मुलुकबाट आयात भइरहेको छ ।
एशोसिएशनका महासचिव विश्वमणि पोखरेलले पुष्प व्यवसायमा सरकारी लगानी कमजोर हुँदा परनिर्भरता कम गर्न व्यवसायीलाई हम्मेहम्मे परेको बताए । अहिलेसम्म आत्मनिर्भर हुँन नसके पनि फूलको व्यवसायीक खेती वर्षेनी बढ्दै गएको एशोसियसनको भनाइ छ ।
