तुलसीपुर, १४ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाका नायव सुब्बा विष्णु थापाको विदाई गरिएको छ । प्रशासन शाखामा कार्यरत कर्मचारी थापा अनिवार्य अवकाशमा विदा भएर जान थालेकाले विदाई गरिएको हो ।

20181031_162336उपमहानगरपालिकाका सुशासन समिति संयोजक सुर्यवहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै उनले जनताप्रति वफादार भएर कर्मचारीहरुले काम गर्नुपर्ने वताए । कर्मचारीको जीवन राज्यको भएको भन्दै प्रमुख अतिथि डाँगीले राज्यलाई कस्तो वनाउने भन्ने कुरा कर्मचारीको कार्यशैलीमा निर्भर हुने वताएका थिए ।

कार्यक्रममा वोल्दै शाखा अधिकृत टँक गौतमले जागिरे जीवनको अनुभव समाजमा लगाउनका लागि आग्रह गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।