इन्द्रेणी संवाददाता
दाङ, १४ कार्तिक । जिल्लामा सञ्चालनमा आएको अटो रिक्सा तथा टेक्पोको नयाँ भाडा निधारण गरिएको छ ।
कार्तिक १३ गते वसेको यातायात व्यवस्था समितिको बैठकले दाङको घोराही, लमही, नारायणपुर लगायतका क्षेत्रको भाडा निधारण गरेको हो ।
निर्धारण गरिएको भाडा कार्तिक १३ गतेदेखि नै लागु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख मदन कुँवरले जानकारी दिएका छन् ।














