जिन्दगी मेरो हो, तर मसँग छैन । उसँग जोडिएपछि मात्र म पुरा हुन्छु जस्तो लाग्छ । ऊ बिना साँचै अधुरो, अपुरोछुकी जस्तो लाग्छ । टाढिएका एकपल पनि व्यतित गर्न उसकै झझल्कोको साहरा लिनुपर्ने भयानक रोगबाट ग्रसित छु । यस्तो अवस्थाबाट मलाई मुक्तिदिने औषधी नै उसको सामिप्यता हो ।

म जिन्दगीको मिठो मोढमा उभिएको छु । हिँजोसम्म जिन्दगीलाई हेर्ने नजरिया फरक थियो । सामान्यरुपमा जिन्दगीका पदचापहरु अगाडी बढि रहेका थिए । दिन अनि रातलाई केवल समयचक्रकारुपमा लिन्थे । घडिको सुइँले गति पकड्नु उसको कर्तव्यभित्र पर्छ भन्ने सोँच्थे । जिन्दगीका वहुआयामिक आयामहरुसँग पैठेजोरी गर्दै अगाडी बढ्ने उद्देश्य थियो, तर सार्थक गन्तव्यको पहिचान थिएन । मुटुको धडकनसँगै सास लिन्थे, छाड्थे तर जिउँनुको अर्थ पनि थाहा थिएन । आज हरेक कुराको अर्थ भेटाएको छु । दिन र रातको महत्व बुझेको छु । जब एक्लो हुन्छु अनि लाग्छ, घडीले मेरै लागि रफ्तार पकडि रहेको छ । रात मेरै लागि छिटोछिटो दिनमा परिणत हुन खोजि रहेको छ । ताराहरुले मेरै लागि शुभदिनको कामना गर्दै आर्शिवाद दिईरहेका छन् । मेरो खुशीमा जुन रमाई रहेको छ । किराहरु पनि मलाई सान्त्वना दिन चिच्याई रहेका छन् । बादल आकाशमा लुकामारी खेल्दै मलाई शितलता प्रदान गर्न लालायित छ ।

विहानीको झुल्के किरणसँगै म मेरो प्रिय मान्छेसँग आजकाल दिनहुँ भेट्छु । उसँगको भेट मेरो लागि स्वर्गको सुखसयल, अमनचयन अनि खुशी भन्दा पनि ठूलो सन्तुष्टिको कारण बनि दिन्छ । उसका मृगनयनहरु जब मेरा आँखाहरुमा ठोकिन्छन्, शरीरमा पर्छन्, तब, अमृतपान गरेसरी ममा यति धेरै शक्तिको सञ्चार हुन्छकी संसार आफ्नो हतकेलामा उठाउन सक्छु जस्तो लाग्छ । म फूर्तीलो बन्छु । उसको मधुर मुस्कानले मेरो मुहारमा चार्मिङ थप्ने काम गर्छ । उसको सुरिलो बोली उसँगको टाढा हुँदा सहजरुपमा बस्न सक्ने आदर्श बाणी बनिदिन्छ । मायापिरतीको संसाररुपी यो वगैचामा केबल उसको लागि मात्र म फुलेको छु, हाँसेको छु अनि रमाइ रहेको छु जस्तो लाग्छ ।

आखिर किन ? आखिर किन ? के मैले पनि उसलाई मन पराउन, माया गर्न, थालेकै हो ? के यसैलाई प्रेम भन्छन् ?
जिन्दगी मेरो हो, तर मसँग छैन । उसँग जोडिएपछि मात्र म पुरा हुन्छु जस्तो लाग्छ । ऊ बिना साँचै अधुरो, अपुरोछुकी जस्तो लाग्छ । टाढिएका एकपल पनि व्यतित गर्न उसकै झझल्कोको साहरा लिनुपर्ने भयानक रोगबाट ग्रसित छु । यस्तो अवस्थाबाट मलाई मुक्तिदिने औषधी नै उसको सामिप्यता हो ।

हे प्रभु ! जसरी म उसको लागि सारासंसार बिर्सन तयार छु, त्यसैगरी ऊ पनि मेरो लागि हाँसिहाँसि संसारसँग जुध्न सक्ने बनि दियोस । मेरो मनको आँगनमा उसले आफ्नो सपनाको महल छिटो भन्दा छिटो ठडाईदियो ? हे प्रभु म ऊ बिनाको संसार कल्पना समेत गर्न नसक्ने अवस्थामा पुगेको छु । त्यसैले ममाथि क्रूरताका ज्वारभाटाहरु फैलाउने काम कदापि नगर्नु । बरु यसको बदलामा म तिमीलाई अर्को जूनी भेटकारुपमा चढाउनेछु । तर यो जूनीमा मलाई उसँगै जीवन बिताउने भाग्यरेखा कोरिदिनु । म पलपल उसको सारथी बनेर प्रेमको पूजा गर्नेछु । कदमकदममा साथ दिएर प्रगतिपथमा लम्कनका लागि म उसको प्रेरणा बन्नेछु ।

लेखक : सविन प्रियासन