इन्द्रेणी संवाददाता
दाङ, १२ असोज । क्रान्तिकारी पत्रकार संगठन नेपाल दाङले संगठनमा आवद्ध पत्रकार सन्तोष गुप्ता र विदुर एमसीलाई कारवाही गरेको छ ।

guptaसंगठन विपरित गतिविधि गरेको र संगठनको नामबाट विभिन्न संघसंस्थाबाट आर्थिक अनियमितता गरेको भन्दै दुवै जनालाई संगठनको सदस्य समेत नरहने गरी कारवाही गरिएको संगठनका केन्द्रीय कोषाध्यक्ष एवं दाङ जिल्ला अध्यक्ष जानकी दहितले एक विज्ञप्ति जारी गरी जानकारी दिएकी छन् ।