इन्द्रेणी संवाददाता
घोराही, ४ असोज । घोराहीमा जारी महायज्ञमा साढे ३ लाख दान संकलन भएको छ । ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ चौथो दिनसम्म ३ लाख ५३ हजार ५ सय २४ रुपैया दान संकलन भएको लेखा समितिले जानकारी दिएको छ ।

IMG_2559जसमा हालसम्मकै सबैभन्दा धेरै घोराही १५ का डा.शास्त्री मोतिलाल डाँगी र उनकी धर्मपत्नी रमीला डाँगीले १ लाख १ हजार १ सय ११ रुपैया दान दान गरेका छन् । विहीवार डाँगी दम्पतीले सो रकम दान गरे । घोराही १७ गैराखुट्टी निवासी स्व. कृष्णकुमारी बुढाथोकी क्षेत्री र स्व.दलबहादुर बुढाथोकी क्षेत्रीको स्मरणमा छोरी रमीला डाँगी र ज्वाई शास्त्री मोतिलाल डाँगीले सो रकम दान गरेको महायज्ञका निर्देशनक डा.भोलानाथ योगीले जानकारी दिए ।

यस्तै घोराही १५ का माधव पन्थी र डा.जनार्दन पन्थीले ५१ हजार ५ रुपैया र घोराही १७ का अनन्तराज घिमीरेले ५१ हजार रुपैया दान गरेका छन् । यसैगरी विहीवार महायज्ञमा १ जहरा ८ कन्याको पूजा गरिएको छ । महायज्ञको चौथो दिन एक हजार ८ कन्याको पूजा गरिएको हो ।