दाङ, ४ असोज । रोजगारीको सिलसिलामा मलेसियामा गएका वेला सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचाररत दाङका डम्बर बस्नेतलाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
राप्ती समाज जापानले बस्नेतको उपचारमा सहयोगका ७३ हजार रकम सहयोग गरेको छ । उक्त रकम विहीवार बस्नेतकी पत्नी ऊं कुमारी बस्नेतलाई हस्तान्तरण गरिएको छ ।
राप्ती बबई क्याम्पस तुलसीपुरका स्ववियू सभापति अनिल कार्की, क्याम्पस व्यवस्थापन समितिका सदस्य विनिल केसी र व्यवसायी दुर्गा खड्काले संयुक्त रुपमा उक्त रकम बस्नेतलाई हस्तान्तरण गरेका हुन ।











