इन्द्रेणी संवाददाता
दाङ, ४ असोज । जिल्ला प्रहरी कार्यालय दाङले समाजिक सञ्जाल इमोमार्फत २५ लाख चिठ्ठा प¥यो भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेहरुमा नवलपरासी सुस्ता गाउँपालिका वडा नं. ४ वस्ने ३१ वर्षिय पुरणबहादुर खवास र सोही वस्ने बुढेस विन रहेका छन् । उनीहरुलाई ओप्पो कम्पनीको मोवाइल र लाभा कम्पनीको एक थान मोवाइल अर्काे एउटा सादा मोवाइलसहित असोज ३ गते पक्रााउ गरेको हो ।
उनीहरुले विभिन्न व्यक्तिहरुलाई इमोमार्फत तपाईलाई २५ लाखको चिठ्ठा परेको र त्यो पैसा लिनका लागि १ लाख २५ हजार ट्याक्स लाग्ने भन्दै नक्कली बैक चेक समेत बनाएर सम्बन्धीत व्यक्तिलाई पठाइ विश्वास जितेर ठगी गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख कृष्णहरि शर्माले बताए ।
उनीहरुले आफू एकजना म्यासेज पठाउने र अर्काे बैंकको म्यानेजर समेत भएको बताउदै ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । दुबै जनालाई म्याद थप गरी थप अनुसन्धान भइरहेको शर्माले बताए । दुबै जनालाई आज प्रहरीले सार्वजनिक पनि गरेको छ ।











