23_big
फाइल तस्वीर

असार, १९ काठमाडौं– नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा काम गर्ने कर्मचारी आफ्नो डिउटी ओझेलमा पार्दै डलर तस्करीमा सक्रिय भएको पाइएको छ । विमानस्थलमा कार्यरत प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनर्सको काम गर्दै आएका सिन्धुपाल्चोक घर भई सिनामंगल बस्ने भरत सञ्जेललाई आड हजार डलरसहित पक्राउ गरेको थियो ।

अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज एरियाको पास होल्डर गेटमा सञ्जेलले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले उनको खल्तीबाट सय ५० र २० दरको आठ हजार बराबरको अमेरिकी डलर फेला पारेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।