दाङ, ३ असोज । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुका लागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा तुलादान कार्यक्रम शुरु भएको छ ।
तुलादान अन्तरगत वुधवार घोराही १५ भृकुटिनगर टोलका एक दम्पतिले दान गरेर तुलादानको सुरुवात गरे । महायज्ञको तेस्रो दिन घोराही १५ भृकुतिनगर टोलका ६३ बर्षीय भुपेन्द्र अधिकारी र उनकीे श्रीमती झवादेवी अधिकारीले तुलादान गरे ।
२ हजार ५ सयमा तुलादान गर्ने महायज्ञको विशेष अवसर अनुसार अधिकार दम्पतिले मंगलवार तुलादान गरेको तुलादान व्यवस्थापन उपसमितिका संयोजक युवराज आचार्यले जानकारी दिए ।
महायज्ञको पहिलो तुलादानको रुपमा अधिकारी दम्पतिले दान गरेको र २ हजार ५ सयमा दान गर्न सकिने व्यवस्था रहेको संयोजक आचार्यले बताए ।











