नुवाकोट, ३० भदौ । तादी गाउँपालिका– १ उर्लेनी काल्चेका तीन किशोरीहरु हराएको १० दिन बितिसक्दा समेत केही अत्तोपत्तो लाग्न सकेको छैन । श्रीकृष्ण जन्माअष्टमीका दिन अर्थात भदौ १८ गते रथयात्रा हेर्न भनि खरानीटार गएका थिए ।

kiiiबिहान घरबाट जात्रा हेर्ने र साँझ फर्कने भनेर निस्किएका उनीहरु अहिलेसम्म घर नफर्किएपछि परिवार चिन्तित भएका छन् । हराउने किशोरीहरुमा १८ वर्षीया शर्मिला भन्ने आइती तामाङ, उनकी फूपु १७ वर्षीया सम्झना तामाङ र छिमेकी १७ वर्षीया हसिना भन्ने मायाँ तामाङ रहेका छन् ।

आजको नागरिक दैनिकमा खबर छ शर्मिलाको बुबा शेम्बरबहादुर तामाङका अनुसार हराएकाहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय खरानीटार र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको छ । गाउँबाट बाहिर कतै नगएका उनीहरु विगत १० दिनदखि वेपत्ता भएपछि परिवार तनावमा छन् ।