घोराही,१८ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको कदमप्रति नेकपा एमाले दाङले आपति जनाएको छ । नेकपा एमाले दाङका अध्यक्ष जोगबहादुर रानाले आज एक विज्ञप्ती निकालि उपकुलपतिवाट भएको कदम तत्काल सच्चाउन माग पनि गरेको छ ।

13578939_569933733194558_1732456834_nशिक्षाको महत्वपुर्ण मन्दिर विश्वविद्यालयमा लामो समय सम्म लागेको ताला सहमतीबाट फोडेको २४ घण्टा नबितदै शिक्षाध्यक्षको अधिकार प्रयोग गरी उपकुलपतिले बिद्यापीठको प्राचार्य नियुक्त गरिनु एकाधिकार जमाउन खोजेको एमालेले जनाएको छ ।

दाङका राजनीतिक दलहरुको सहमतिको मर्म अनुसार विश्वविद्यालय सञ्चालनका लागि महत्वपुर्ण पदमा नियुक्त गर्ने सहमति भएपनि उपकुलपतिवाट एकलौटी भएको नेकपा एमाले दाङले जनाएको छ । वैठक नै नवसी गरिएका नियुिक्तहरु लगायतका गैरजिम्मेवार पूर्ण कार्य तत्काल सच्याउन विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उपकुलपतिवाट गैरजिम्मेवार पूर्ण कार्य नरोकिए नेकपा एमाले कडाभन्दा कडा आन्दोलनको चेतावनी दिर्दै अध्यक्ष रानाले त्यसवाट उत्पन्न परिस्थीतिको जिम्मेवारी पदाधिकारी हुनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको थियो ।।