काठमाडौं, २५ भदौ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको चारदिने भारत भ्रमण सफल भएको दुई अध्यक्ष निष्कर्षमा पुगेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकमा पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच बैठकमा यस्तो समीक्षा भएको हो । दुबै अध्यक्षबीच भएको बैठकमा अध्यक्ष प्रचण्डले भारत भ्रमणको बिषयमा चर्चा गरेका थिए ।
त्यसैगरी पार्टीका तल्ला कमिटी र जन वर्गीय(मोर्चाबीचको एकीकरण टुंग्याउन बुधबार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय भएको छ ।











