रोल्पा, २५ भदौ । कांग्रेसनिकट युवा संगठन तरुण दल लिवाङ नगर समितिका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको छ ।
सुवर्णावती गाउँपालिकाको सुलिचौरस्थित एक होटेलमा खाना खाइरहेका वेला आपसी विवाद हुँदा रोल्पा नगरपालिका धवाङका देवबहादुर घर्तीले पुनलाई गोली हानेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान जारी रहेको र हत्या किन गरिएको हो भन्ने विषयमा अझै केही खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनालगत्तै घर्तीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।











