धादिङ, २४ भदौ । गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर नुवाकोटको पुरानो बेत्रावती वडा नम्बर ३ बागबर्माखेतमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीनागरिक सवार थिए । हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाको भने उद्धार गरिएको छ। जीवित महिलाको नाम आनी डोल्मा डिकी रहेको बताइएको छ।
हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेका थिए ।











