बनेपा, २३ भदौ । बनेपामा तीजको दर खाँदा ५० जना भन्दा बढी विरामी परेका छन् । पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा बिरामी परेका हुन् ।

teejविषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा लगिएको छ ।

बिरामीको सङ्ख्या बढ्दै गएको र विशेषगरी बालबालिका सिकिस्त रहेको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्थाले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो ।