इन्द्रेणी संवाददाता
दाङ, २२ भदौ । साउन २३ गते दक्षिणकालीबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई आज शुक्रवार दाङ ल्याइपु¥याइएको छ ।

ppमंसिर १२ गतेको चनावको समयमा दाङको तुलसीपुरमा भएको वम विष्फोटबाट ज्यान गएका तुलसीपुर– १८ क्वाडीका म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेका आरोपमा दाङमा पनि मुद्दा परेपछि उनलाई यहाँ ल्याइएको हो ।

41158213_308935696537446_1195022423309680640_nम्यादी प्रहरी चौधरीको हत्या गरेको भन्दै प्रकाण्डविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको छ । उनलाई आइतवार मात्रै जिल्ला अदालत दाङमा उपस्थित बनाउने बताइएको छ ।