इन्द्रेणी संवाददाता
घोराही, २२ भदौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली हुन्डाइ अटोमोबाइल्स नेपालको आधिकारिक बिक्रेताले Hyundai festive delight योजना ग्राहक माझ ल्याएको छ । दशैं , तिहार र छड पर्व लाई लक्षित गरि ल्याएको यो योजना यहि भाद्र २१ गते देखि कार्ततिक २७ गते सम्मका लागि हुने छ ।
यो योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुट र एक बर्ष सम्म निशुल्क बिमा पाउने छन साथै स्क्र्याज कार्ड मार्फत थप नगद १ लाख सम्मको छुट र लक्की – ड्र मार्फत १०० जनालाई १०-१० ग्राम सुन र तथा बम्पर उपहार अन्तर्गत लक्की – ड्र मार्फत हुन्डाइ I20 active एक थान र हुन्डाइ creta १ थान जित्न सक्ने प्रालीले जनाएको छ । यसका साथै योजना अन्तर्गत सबै हुन्डाइ गाडिहरुमा ३ बर्ष वारेन्टी र ४ बर्ष फ्री सर्भिसिङका साथै निशुल्क सवारी कर भुक्तानी समेत हुने छ ।
बिश्वका ५ ठुला अटोमोबाइल्स उत्पादन गर्ने कम्पनीमा पर्ने हुन्डाइ कम्पनीले नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका नाममा देशभरका १३ शोरुम तथा १५ सर्भिस सेन्टर मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको । यस कम्पनी मार्फत उत्पादन भएका गाडिहरुले विश्वका करोडौं ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीको दावी छ ।
कम्पनीको दाङ जिल्लाका लागि सम्पर्क “न्यु राईडर अटो वर्ल्ड प्रा लि घोराही ” मा गर्न गर्न सकिने प्रबन्धक बिष्णु केसीले जानकारी दिएका छन ।











