हुमाकान्त पाेखरेल

गुल्मी, २१ भदाै । गुल्मीमा बाघकाे अाक्रमणबाट एक महिला घाइते भएकी छिन । जिल्लाकाे धुर्काेट गाँउपालिका वडा नम्बर ४ जैसिथाेक, भुवान गैराखर्ख निवासि ३१ बर्षिय तारादेवी पाेखरेल घाइते भएकाे स्थानिय कृष्ण अधिकारीले जानकारी दिए ।

बिहिवार बिहान ६ बजे खाेरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई झम्टेकाे थियाे । बाघले पाेखरेलकाे अनुहार र गर्धनमा चाेट पुर्याएकाे छ । उनलाई बिहानै जिल्ला अस्पताल तम्घास ल्याई उपचार भइरहेकाे वडाध्यक्ष मान बहादुर कुँवरले बताए ।

खाेरमा बसेकाे बाघकाे अाक्रमणबाट २ वटा बाख्रा समेत मारेका छन् । पछिल्ला समयमा गाँउमा बाघकाे बिगबिगी बढ्दै गएकाेले सबैलाई सजक रहन समेत अध्यक्ष कुँवरले अाग्रह गरेका छन् ।