घोराही, १४ भदौ । दाङ हापुर निबासी दुर्गाप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थको आज एक समारोहकाबीच बिमोचन गरिएको छ । स्वर्गीय न्यौपानेको बार्षिक पुण्यतिथिमा ग्रन्थको प्रेस स्वतन्तता सेनानी सुशील गौतमले बिमोचन गरेका हुन् ।
ग्रन्थ विमोचन गर्दै गौतमले २००७ सालको क्रान्तिमा सक्रियताका साथ संलग्न भई समाज रुपान्तरणको अभियानमा आजीवन लागेका स्वर्गीय दुर्गाप्रसाद न्यौपानेले राजनीतिको अतिरिक्त समाजका बिभिन्न क्षेत्रमा उल्लेखनीय योगदान रहेको बताए ।
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्मृति ग्रन्थको समीक्षा साहित्यकार मदन सुबेदीले गरेका थिए ।











