इन्द्रेणी संवाददाता 

दाङ, १३  भदौ । पानीको नहरमा डुबेर दाङकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ४ मौली निवासी ३५ वर्षिया शान्ता रेउले रहेको प्रहरीले जनाएको छ ।

आज मंगलवार विहान माईती घर गएकी उनी दिउसो फर्कने क्रममा स्थानीय नहरमा डुबेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार माईती घर बैवाङ गएकी उनी फर्कने क्रममा कुलोमा डुबेर गम्भीर घाईते भएकी थिईन् ।

गम्भीर घाईते भएकी उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको हो । स्थानीयले रेउलेलाई नहरमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै प्रहरी त्यस ठाउ पुगेर उद्धार गरि अस्पताल पु¥याएको थियो ।