महेन्द्रनगर, ९ भदौ । निर्मला पन्तको बलात्कारको समयमा कञ्चनपुरमा प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट निलम्बनमा परेका छन् । गृहमन्त्रालयले ाई उनलनिर्मला पन्त हत्याकाण्डको घटना अनुसन्धान अवधिभर निलम्बन गर्ने निर्णय गरेको हो ।

dilliशनिबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, तीन वटै सुरक्षा निकायका प्रमुख र गृह सचिवसहित बसेको बैठकले बिष्टलाई निलम्बन गरेको हो ।

हत्यारा पक्राउको माग गर्दै आन्दोलनमा उत्रिएका कञ्चनपुरका नागरिकमाथि दमन गरेको भन्दै सरकारले केही दिन अघि प्रहरी उपरीक्षक बिष्ट, नायव उपरीक्षक ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई कञ्चनपुरबाट सरुवा गरेको थियो ।