इन्द्रेणी संवाददाता
काठमाडौं, ८ भदौ । आफ्ना कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि नेत्र‘विक्रम चन्द ‘विप्लव’ ले कडा विज्ञप्ति निकालेका छन् ।
आज शुक्रवार उनले निकालेको विज्ञप्तिमा आफ्ना कार्यकर्ताहरुलाई सरकारले धारपकड गर्दै वेपक्ता बनाउने काम गरेको भन्दै यस्तो कार्य तत्काल नरोके सरकार विरुद्धनै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनले आफ्नो पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायतका कार्यकर्तालाई रिहागर्न समेत सरकारलाई आग्रह गरेका छन् । ‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं’, विज्ञप्तिमा भनिएको छ ।












