
सल्यान, ८ भदौ । सल्यानको बनगाड खोलाको वाढीले गाडी बगाएको छ । खोला पार गर्दा गर्दै वाढी आएको थियो ।
![uf8L tfGb}h]l;jL l5Gr'hfh/sf]6 ;8sv08 cGtu{t ;Nofgsf] ;NnLahf/l:yt aguf8 vf]nfdf8'j]sf] uf8L tfGb} h]l;jL . t:jL/ M lbk]Gb| zdf{,;'v]{t,/f;;](http://indrenionline.com/wp-content/uploads/2018/08/badi-1-300x175.jpg)
यात्रुहरु हाम फालेर वाँच्न सफल भएपछि उनीहरुका झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा अड्किएपछि खोलाले टाडासम्म धेरै बगाउन भने पाएन ।
उक्त गाडीलाई तत्कालै डोजरको सहायताले निकालिएको थियो । सो खोलामा निर्माणधीन पुल समयमा नबन्दा यात्रुहरुले यस्तै सास्ती भोग्नुपरेको छ ।










