तुलसीपुर, ६ भदौ । तुलसीपुर उपमहानगरपालिका ११ मोतिपुरका वाढीपिडीतहरुसँग नगर प्रमुख घनश्याम पाण्डेले भेट गरेका छन् ।

babai२०७१ मा आएको वाढीले क्षति पु¥याएको मोतिपुर गाउँका वासिन्दालाई भेटेर नगरप्रमुख पाण्डेले निर्माण भएको तटवन्धको निरिक्षणका सार्थ अन्य बाँकी ठाउँमा तटवन्ध निर्माणका लागि तत्काल काम सुरु गर्ने वताएका थिए ।  उनले मोतिपुरवासीलाई वाढीको पिडाबाट सधैका लागि मुक्ति दिनका लागि उपमहानगरपालिकाले पहल हदमी लिने समेत वताए ।

वाढीपिडितका समस्यालाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले स्थानीय सरकार भइसकेको अवस्थामा वाढीपिडितहरुले सहारा विहिन अनुभुति गर्न नपर्ने वताए । उनले वाढीको समस्या सधैका लागि समाधान गर्नका लागि अन्य आवश्यक ठाउँमा पनि तटवन्धको काम गरिने वताए ।

कार्यक्रममा उपप्रमुख माया आचार्यले जनताका समस्यामा साथ दिने वताइन् । उनले विगतका दुखलाई भुलेर नयाँ तरिकाले जीवनयापन गर्नका लागि पनि उनले आग्रह समेत गरिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष सुर्यवहादुर डाँगीले स्थानीय विकासका लागि प्रतिवद्धता जनाएका थिए । उनले जनतालाई उच्च सम्मान गरेर काम गर्ने समेत वताए । वडा नम्वर ११ का वडाध्यक्ष चित्रवहादुर वलीले वडाका जनताको हरेक दुखसुखमा साथ दिने वताए ।