कञ्चनपुर, ५ भदौ । निर्मला पन्तलाई बलात्कार गरी हत्या गरिएको घटनामा सार्वजनिक गरिएको अभियुक्तको बिषयलाई लिएर भीमदत्त नगरपालिकामा प्रहरी र बासिन्दाबीच झपड भएको छ ।
बलत्कारमा संलग्न नभएको व्यक्तिलाई अपराधी घोषणा गरेको भन्दै त्यसविरुद्ध भएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले ४ राउण्ड हवाई फायर समेत गरेको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका केहीलाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार निर्मला हत्या प्रकरणमा ४१ वर्षीय दीलिप विष्टलाई बलत्कारका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । स्थानीयले मानसिक सन्तुलन नभएको व्यक्तिलाई बताल्कारी बनाएको आरोप लगाएका छन् ।











