इटहरी, २ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले इटहरी उपमहानगरपालिका १० का सचिव विदुर रेग्मी घुस लिँदालिँदै पक्राउ परेको छ । आयोगको टोलीले शुक्रबार उनलाई घुससहित पक्राउ गरेको हो।
व्यवसाय संचालन गर्न सिफारिस दिए बापत उनले १३ हजार रुपैयाँ घुस लिएको अख्तियारको टोलीको दाबी छ। अख्तियारको क्षेत्रीय कार्यालय इटहरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार उनले होटल सञ्चालन गर्ने एक सेवाग्राहीलाई घरेलुबाट व्यावसाय प्रमाणपत्र दर्ता चाहिने सिफारिस ल्याइदिने भन्दै पैसा लिएको खुलेको छ ।











