इन्द्रेणी संवाददाता
दाङ, २ भदौ । जिल्ला प्रशासन कार्यालय दाङले आजदेखि शनिवार पनि सेवाग्राहीहरुलाई सेवा दिने भएको छ ।
भदौ १ गतेदेखि लागु हुने गरी शनिवार पनि जिल्ला प्रशासन कार्यालय विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।
शनिवारका दिनमा जिल्ला प्रशासन कार्यालय अन्तर्गतका इलाका प्रशासन कार्यालयमा हुने काम यो दिन जिल्लाबाटै हुने छ ।











