दाङ, १ भदौ । घोराही बजारको शुक्रवार सरसफाई गरिएको छ । घोराहीको सहिद गेटदेखि जिल्ला प्रशासन कार्यालय जाने सडकखण्डको सरसफाई गरिएको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा जिल्ला प्रहरी कार्यालय दाङ र द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर घोराहीसँगको सहकार्यमा सररसफाई गरिएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनको नेतृत्वमा सरसफाई गरिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतम र गोपाल रायमाझीको नेतृत्वमा र द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरका सञ्जु केसी, तिलक वली र ईराक घर्ती मगरको नेतृत्वमा रहेको टोलीले सरसफाई गरेको थियो ।











