काठमाडौँ, १ भदौ । प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न काङ्ग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाएको हो । बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो ।











