दाङ, १ भदौ । प्रदेश नम्बर ५ प्रदेश सभा सचिवालयले नवनियुक्त सचिव दुर्लभ कुमार पुनलाई शुक्रबार एक कार्यक्रका बिच स्वागत गरेको छ ।
जन्म घर रोल्पा भई कैलालीको टिकापुरमा बसोबास गर्दै आएका पुनलाई संविधानको धारा १९५ बमोजिम सरकारले प्रदेश नम्बर ५ को प्रदेश सभा सचिवालयमा सचिव पदमा नियुक्त गरेको हो ।
पुन तत्कालिन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका थिए । सोही कार्यक्रममा सभामुखका प्रेस संयोजक गणेश ओलीलाई पनि स्वागत तथा नियुक्त गरिएको थियो ।
पत्रकार ओली दाङमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत रहेका थिए । स्वागत कार्यक्रममा माननीय सभामुख पूर्ण बहादुर घर्तीले नवनियुक्त सचिव र संयोजकलाई खादा लगाएर स्वागत गरेका थिए ।











