विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकामा आज दिउँसो बम बिस्फोट भएको छ । महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि आइतवार २ बजे तिर बम विस्फोटन भएको हो । बिस्फोटनबाट कुनै पनि मानवीय क्षति नभएको महानगरपालिकाले जनाएको छ ।
तर पराजुलीको कार्यकक्ष अगाडि राखिएको दराज भित्र राखिएको बम विस्फोट हुँदा दराजसहित वरिपरिका संरचनामा क्षति पुगेको छ । विष्फोटबाट पराजुली सवार को १ झ ४ सय ९४ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । घटना कसले र किन गराएको भन्ने अनुसन्धान भईरहेको प्रहरीले जाजनाएको छ ।
