इन्द्रेणी संवाददाता

काठमाडौँ, २३ साउन । प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरेको छ  ।

प्रबक्ता प्रकाण्डलाई जबर्जस्ती चन्दा उठाएको आरोपमा लगाइ प्रहरीले राजधानीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

 स्रोतका अनुसार प्रकाण्ड राजधानी बाहिरको पार्टीको कार्यक्रम सकेर काठमाडौँ आउने क्रममा मंगलबार साँझ ७ बजे नागढुंगाबाट पक्राउ परेका हुन  ।

यसअघि नागढुंगाबाट नै पार्टीका पोलिटब्युरो मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भिर पनि पक्राउ परेका थिए ।

त्यस्तै पोलिटब्युरो सदस्यहरु पदम राई र ओम प्रकाश पुन पनि पक्राउ परिसकेका छन् ।