काठमाडौं, २३ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक निष्कर्षविहीन रूपममा टुङ्गिएको छ ।

images_cms-image-000053283प्रधानमन्त्री निवास बालुवाटारमा वसेकोमा प्रधानन्यायधीशको लागि संवैधानिक परिषदबाट सिफारिस र समसामयिक राजनीति लगायतका बिषयमा छलफल हुने भनिएता पनि छलफल हुन सकेन । बैठक बिहिबार दिउँसो २ बजे बस्ने गरी सकिएको सचिवालय स्रोतले जनाएको छ ।

नेकपाको ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री केपी ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठद्वय नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र ईश्यर पोखरेल र रामबहादु थापा बादललगायतको सहभागीता थियो ।