इन्द्रेणी संवाददाता
दाङ ८ साउन । पूर्वमन्त्री सामान्य प्रशासन मन्त्री रेखा शर्मा गाउँ उज्यालो बनाउँँ अभियानमा जुटेकी छन् । शर्माले दाङबाट यो अभियान औपचारिक रुपमा सुरु गरेकी हुन् ।

rekha-sharmaआज मंगलवार घोराही उपमहानगरपालिका वडा नं.१८ कटुवाखोला स्थित हात्तीखर्क टोलबाट अभियानको सुरु गरिएको हो । कुटुवा खोलाको हात्तीखर्क टोलमा संसद विकास कोषको १० लाखको लागतमा बिस्तार गरिएको विद्युत सेवाको उद्घाटन गर्दै उज्याँलो गाउँ अभियानमा लागेको जानकारी दिइन् ।

गाउँ–गाउँमा विद्युत सेवा बिस्तारका लागि आफुले यो अभियान सुरु गरेको वताइन् । गाउँका कुनै पनि नागरिक विद्युत सेवाबाट बञ्चित हुन नपरोस भनी आफुले यस्तो अभियानको सुरु गरेको पूर्व मन्त्री शर्माले बताइन् ।