जनक नेपाली
दाङ, ८ साउन । दाङ घोराही उपमहानगरपालिका–१६ की प्रेम कुमारी नेपालीको काठमाण्डौस्थित भत्तपुर क्यान्सर उपचार हुदैछ । आर्थिक अबस्था सामान्य भएका नेपालीको परिवारलाई प्रेम कुमारीको उपचारका निकै लागि समस्या भएको छ । क्यानसरले ग्रसित बनेकी उनलाई कसरी बजाउँने भन्ने चिन्ताले पिरोलेको प्रेम कुमारीका छोरा बिकल धामीले वताइन् ।
आमाको स्तन र पाठेघरमा क्यान्सर भएपछि उपचारका लागि सहयोग जुटाउँन घोराहीमा पत्रकार सम्मेलन गरेका उनले आमाको ज्यान बचाउँन सबैमा अपिल गरेका हुन । घरमा आम्दानीको श्रोत नहुदा आमाको उपचार गराउँन मुस्किल परेको वताउँदै त्यसका लागि सहयोग गर्न सबैमा आग्रह गरे । आमा उपचार गर्दागर्दै घरको सम्पति सबै सकिएको वताउँदै आमाको ज्यान जोगाईदिन याचना गरेका छन् । बाले परिवार नै त्यागेर अनेत्र गएको भन्दै आमाको प्राण भगवानकै भरमा रहेको पत्रकार सम्मेलनमा भने ।
घर खेत बेचर जुटेको १४÷१५ लाख सकियो अब कहाँबाट पैसा जोहो गर्नु मेरो कुनै उपाय छैन उनले भने । दिन भर काम गरेर ल्याएको एक /दुई सय साझ बिहानको छाक टार्न ठिक्कै छ उपचार त झन कसरी गर्नु । आमाको काखी,स्तनको अप्रेसन सकिएपनि पैसा नहुदा पाठेघरको अप्रेशन हुन नसकेको विकलले जानकारी दिए । दैनिक उपचारका लागि ४० हजार रुपैयाँ खर्च हुने वताउँदै पछिल्लो समय औधषी किन्नलाई एक रुपैया समेत आफुसंँग नभएको वताए ।
पैसा नहुदा अस्पतालले कुन बेला निकाल्ने हो थाहा छैन । उपचार गर्ने पैसा नहुदा आमाको मृत्यु कुर्नु बाहेक कुनै उपाए नभएको वताउँदै थोरै सहयोग गरेर भए पनि आमाको जीवन रक्षा गरिदिन माग गरेका छन् । सहयोग गर्न चाहाने हरुले वैङ्क अफ काठमाण्डौमा रहेको खाता नं. ०५१८००००५०१८५२४ सक्दो सहयोग गरिदिन अपिल गरेका छन् । यस्रैबीच प्रेमा नेपालीको उपचारका लागि विभिन्न व्यक्तिबाट ११ हजार सहयोग रकम संङकलन गरिएको छ











