केशरमान बुढाथोकी
आजभोलि जो कोहि मानिस पनि चर्चामा आउन मरिहत्ते गर्छन । चाय त्यो जुनसुकै क्षेत्रमा होस सानो काम गर्ने अनि चर्चा कमाउने सबैको चाहाना हुन्छ । तर त्यसको अपवाद बनेकीछिन काभ्रेपलान्चोककी एलिना खनाल ।
प्राय जसो मिडियाको नजरमा पर्न नरुचाउने गायिका खनाल यतिबेला भने चर्चित गायीकाको सुचिमा पर्न सफल भएकी छिन । कारण उनले गाएको तीजको गीत “मुख चुच्चो पार माया ” रहेको छ ।
यो भन्दा अगाडि पनि गायिका खनालले झन्डै २ दर्जन बढी लोक तथा तीज गितहरु गाइसके पनि सफल गायिकाको रुपमा भने यसै गीतले चिनाएको छ ।
नयाँ आधुनिक युगका युवायुवतीहरुलाइ लक्षित गर्द समय सापेक्ष रुपमा बनाइएको यो गीत चर्चित हुनाको कारण शब्द , स्वर र संगीत सबैको तादाम्यता हो भन्छिन गायिका खनाल ।
राम्चे ,४ काभ्रेपलान्चोकको एक मध्यम बर्गिय परिवारमा जन्मिएर काभ्रेपलान्चोक मै शैशवकाल बिताएकी गायिका खनालले केही गीतहरुमा आफैले मोडलिङ समेत गरेकी गायिका खनालले गाएको पछिल्लो गीत मुख चुच्चो पार मायाले यसपालिको तीजमा धमका मच्चाउने निश्चित छ । कारण तीज आउनुभन्दा अगाबै यो गीत आम दर्शकको रोजाइ बनेको छ ।
हेर्नुहोस भिडियो :











