सल्यान, १७ असार । सल्यानलाइ आज देशको ३७ औं खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिदैछ । जिल्लाका सबै गाविस तथा नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेपछि जिल्लालाई नै आज खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो ।

13555595_1838878799691716_746357086_oखुल्ला दिसामुक्त घोषणाको सम्पूर्ण तयारी पुरा भएको छ भने कार्यक्रममा विभागिय मन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागि हुदैछन । कार्यक्रमको लागि मञ्च व्यवस्थापन, प्रचार प्रशार, अतिथी सत्कारको लागि तयारी पुरा भएको छ ।

जिल्लालाई खुल्ला दिसामुक्त बनाउने गरी विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयको सहयोगमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले काम गरिरहेको छ ।।