इन्द्रेणी संवाददाता
घोराही, १७ असार
सामुदायीक प्रहरी सेवा केन्द्र दाङले जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक धिरजप्रताप सिंहलाई स्वागत गरेको छ । केन्द्रले विहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि सिंलाई स्वागत गरेको हो । spppppppppp

केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सिंहले सामुदायिक प्रहरी सेवा केन्द्रले समुदायका लागी काम गर्नुपर्ने दाङ प्रहरीले पनि समुदायका लागी गरेको काम पंशसायोग्य भएको बताउनुभयो ।

उहाँले समुदायमा हुने विकृति विसंगतिको विरुद्धमा सचेतनाका साथै जागरण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउदै सामुदायीक प्रहरीसँगको समन्वयका साथ जिल्ला प्रहरी र मातहतका युनिटहरु अगाडी बढ्ने बताउनुभयो ।

उहाँले सामुदायीकले गर्ने हरेक काममा पनि जिल्ला प्रहरी साथमा रहेको जानकारी गराउनुभयो । जिल्लामा लागुपदार्थ दुव्यर्शनको क्षेत्रमा धेरै विकृति रहेकाले यसको विरुद्धमा सचेतना फैलाउन आवश्यक भएको पनि उहाँको भनाई छ । केन्द्रका उपाध्यक्ष कृष्णा रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रका सचिव आर.के.शीतलले गर्नुृभएको थियो ।।