एजेन्सी, २७ असार । हिजो राति भएको खेलमा बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

frडिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलाई १–० ले हरायो । सन् १९९८ को विजेता फ्रान्सले सन् २००६ मा पनि फाइनलमा स्थान बनाएको थियो ।